लागूऔषध सहित छ जना पक्राउ



उदयपुर, १० चैत । उदयपुर चौदण्डीगढी नगरपालिका–४ नमूना स्थितबाट लागुऔषध खैरोहिरोइन ब्राउनसुगर सहित छ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का सुनिल राई, उदयपुर त्रियुगा–१३ का हरी खड्का, खगेन्द्र राई र दिपक रम्तेल रहेका छन । यस्तै सप्तरी कंकालिनीका बब्लु मुखिया र ऋषि कुमार क्षेत्री रहेका छन । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार अपरान्ह साढे ४ बजे पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट ३ ग्राम ३८ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर, ७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसै गरी उनिहरुको साथमा रहेको ६ थान मोबाइल नगद ३ हजार ५ सय २५ रुपैया समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्