सवारी दुर्घटनामा दुई जनाको मृत्यु



झापा, ८ चैत । झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

शनिवार साँझ साँढे ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको ट्रिपरले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४४ प ८१३३ र को २८ प ११३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै मोटरसाकलमा सवार रहेका पाँच जना घाइते भएका थिए ।

घाइतेहरु मध्ये प्रदेश १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–८ का २३ बर्षीय निरन बस्नेतको बीएण्सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु छ ।

यस्तै सोही मोटरसाइकलको पछाडी सवार रहेका मोरङको रतुवामाई नगरपालिका–८ का २४ बर्षीय अनिष कोइरालालाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने ट्रिपर, ट्रिपर चालक तथा दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्