
झापा, ८ चैत । झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ बर्षीय सुवास लिम्बुलाई शनिवार दिउँसो पाँच ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।