ब्राउनसुगर सहित छ जना पक्राउ



झापा, ७ चैत । झापाका छुट्टाछुट्टै तीन स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित छ जना पक्राउ परेका छन् ।

बिहीवार साँझ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–८ का सरोज सुनुवार र अभिषेक राजवंशीलाई २.४३ ग्राम ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ बर्षीय पवन भनिने साइल खानलाई पाँच ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । खान अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ परेका हुन् ।

यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१३ बाट बिहिवार साँझ तीन जनालाई ब्राउसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१५ का कुमोलाल राजवंशी, संजय मुखिया र भद्रपुर नगरपालिका–१० का श्रवण मुखिया रहेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्