ब्राउनसुगर सहित एक जना पक्राउ



झापा, ५ चैत । प्रहरीले झापाको मेची खोलाबाट ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विर्तामोड नगरपालिका–३ का २१ बर्षीय मानव राजबंशीलाई प्रतिवन्धित लागूऔषध ब्राउनसगुर सहित पक्राउ गरेको हो ।

बुधबार दिउसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित मेची खोलाबाट राजबशींलाई ब्राउनसुगर एक ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्