सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु



सिन्धुली, ३ चैत । सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ ।

सिन्धुलीमाढीबाट यात्रु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो जीप कमलामाई नगरपालिकाको फेदीमा दुर्घना भएको हो ।

मृतकहरुको सनाखत भएको छैन । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्