ब्राउनसुगर सहित ३ जना पक्राउ



मोरङ, ३ चैत । झापा र मोरङबाट सोमबार लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रणव्युरो काकडभिट्टाबाट खटिएको प्रहरी मेचीपुलबाट इलामको इलाम नगरपालिका २ का मन्दिप श्रेष्ठलाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै अस्थाई प्रहरी चौकी बलियाबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी ५ का पदमबहादुर तामाङ र बराहाक्षेत्र ५ का रामकुमार चौधरीलाई ब्राउनसुगर २ ग्राम र उनीहरुले मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्