ब्राउनसुगर सहित दुई जना भारतीय महिला पक्राउ



झापा, ३ चैत । प्रहरीले झापा मेचीनगर नगरपालिका–१५ फडानी स्थित कासघारीबाट लागूऔषध ब्राउनसुगर सहित दुई जना भारतीयय महिलालाई पक्राउ गरेको छ ।

मङ्गलबार दिउँसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ बर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ बर्षीया अनिता हेमरमलाई ब्राउनसुगर १५० ग्राम सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्