ब्राउनसुगरसहित दुई जना जना पक्राउ



झापा, २ चैत । झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले इटहरी उप–महानगरपालिका–४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई इटहरी–७ बस्ने २४ बर्षीय लोकनाथ भण्डारीलाई सोमवार दिउँसो साँढे १२ बजे नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ भने दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्