पिकअप दुर्घटना हुँदा चालकको मृत्यु



इलाम, २ चैत । इलामको सूयर्योदय नगरपालिका–३ रुङसुङमामा सोमवार दिउसो पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् । मे १ ज १२४१ नम्बरको फिकअप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतीनगर इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्