मञ्चको चौथो अधिवेशनबाट आङदेम्बेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित



पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च पाँचथरको चौथो अधिवेशनले चन्द्रराज आङदेम्बेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

आज विहान सम्पन्न अधिवेशनले निवर्तमान बरिष्ठ उपाध्यक्ष आङदेम्बेलाई नयाँ अध्यक्ष चयन गरेको हो । कार्यसमितिका उपाध्यक्षहरुमा जितेन चेम्जोङ, योगेन्द्र राई, हंशराज लिङदेन, निशा लोवा, भीमप्रसाद नेम्वाङ र भानुभक्त फियाक निर्वाचित हुनुभएको छ ।

यस्तै सचिवमा डिल्ली लावती र सुवास केरुङ तथा अर्चसचिवमा प्रकाश अधिकारी चयन हुनुभएको उक्त पार्टीले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यस्तै पार्टी सचिवालय सदस्यहरुमा योगेश योङया, अमिर लिम्बू, जसकर्ण लिङदेन, नरबहादुर हेम्ब्या, मनप्रसाद तुम्बापो, रामचन्द्र नेम्वाङ, राजेन्द्र शिगू, पूर्णिमा राई, रवीन्द्र नेम्वाङ, मिङ्सो आङ्देम्बे, कर्ण हाङसरुम्बा, अर्जुन चेम्जोङ, वीरेन लिम्बू यवा र नरेश लक्सम निर्वाचित हुनुभएको छ ।

जिल्ला कार्यसमितिका सदस्यहरुमा रुविन्द्रकुमार माखिम, कर्णबहादुर काम्बाङ, आधार घिमिरे, टीका राई इसिता, महेन्द्र हाङसरुम्बा, भक्त नेम्वाङ, दीपाहाङ्मा राई, मचिन्द्र थङ्गम्बा, दिलसोर नेम्वाङ, सम्योकहाङ शिगू, गणेश नेम्वाङ, खगेन्द्र सम्बाहाम्फे, सन्तोष नेम्वाङ, लोकमान शेर्मा, विकेन्द्र नेम्वाङ, भगिराज चेम्जोङ, मचिन्द्र नेम्वाङ, भीम माङमू, कुमार केरुङ, सन्तोष हाङसरुम्बा, भीमप्रसाद नेम्वाङ, संगम यवा र समीक्षा तुम्बापो चयन हुनुभएको छ ।

मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनको प्रमुख आतिथ्यतामा हिँजो सुरु भएको अधिवेशन आज सम्पन्न भएको हो । अधिवेशन उद्घाटनअघि मञ्चले निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

अधिवेशनको उद्घाटन कार्यक्रमलाई नेकपाका दुवै समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी सहित जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । अधिवेशन उद्घाटन कार्यक्रममा मञ्चका प्रान्तिय उपाध्यक्ष रामकुमार लिङदेन, महासचिव संगम खनाल सहितका नेताहरुले समेत सम्बोधन गरेको थिए ।

अधिवेशनबाट नवनिर्वाचन अध्यक्ष आङदेम्बेले आगामी दिनमा जिल्लाका समसामयिक विषयहरु, पार्टी संगठनका विषयहरुमा जिल्लाका पत्रकारहरु तथा अन्य सरोकारवालाहरुसँग नियमित अन्तरक्रिया तथा सम्वाद गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्