मन्त्री नेम्वाङलाई जिल्लावासीद्वारा सम्मान



फिदिम । पाँचथर जिल्ल्लाबाट राजधानी काठमाण्डौं गई बसोबास गर्नेहरुको साँझा संस्था पाँचथर समाज काठमाण्डौँले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई सम्मान गरेको छ ।

समाजले आज (बुधवार) सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यक्रमको आयोजना गरी सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेको हो । सम्मान ग्रहणपछि मन्त्री नेम्वाङले आफूले मन्त्रालय सम्हालेपछि पाँचथर जिल्लाको समग्र विकास निर्माणमा गरेको पहल र योजनाहरुको बारेमा जानकारी गराउनु भयो।

उहाँले पेशा, व्यवसाय र अध्ययनका सिलसिलामा जहाँ–जहाँ रहेपनि जिल्लाको विकासमा योगदान पुर्याउन आ–आफ्नो क्षेत्रबाट लाग्न आह्वान गर्नुभयो । सो अवसरमा मन्त्री नेम्वाङले पाँचथर समाज काठमाण्डौँका संस्थापक अध्यक्ष समाजसेवी ब्यक्तित्व स्वर्गीय खगेन्द्र जवेगूका योगदानको स्मरण समेत गर्नु भएको थियो ।

पाँचथर समाजका कार्यबाहक अध्यक्ष सुरेन्द्र तिम्सिनाले पाँचथरवासीको विश्वास प्राप्त गरी जिल्लाको प्रतिनिधित्व गर्दै मुलुकको समृद्धिको अभियानमा भौतिक पूर्वाधार तथा यातायात जस्तो प्रत्यक्ष विकासको अनुभूति हुने मन्त्रालयको जिम्मेवारी निर्वाह गरी मन्त्री नेम्वाङले सफल व्यक्तित्वको पहिचान बनाएको र उहाँको कार्यले समग्र जिल्लावासीको शिर उच्चो बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्