दाहाल–नेपाल पक्षको जिल्ला अध्यक्षमा जबेगू चयन



पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको जिल्ला अध्यक्षमा कमलप्रसाद जबेगू चयन हुनुभएको छ ।

उक्त पक्षका अध्यक्षद्वयले फागुन ७ गते जारी गरेको सूचनाअनुसार उक्त पक्ष पाँचथरका अध्यक्षमा जबेगू तथा सचिवमा होमबहादुर जबेगू चयन हुनुभएको हो । नेकपाको राजनीतिक विभाजनअघि पाँचथरको अध्यक्षमा राजकुमार भण्डारी हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रहनु भएपछि दाहाल–नेपाल पक्षले जबेगूलाई जिल्ला अध्यक्ष बनाएको हो ।

विभाजनअघि नेकपाको प्रदेश कमिटीको सदस्य तथा प्रदेश क्षेत्र नं. १ को इन्चार्ज रहनुभएका जबेगू तत्कालीन नेकपा (एमाले)को जिल्ला अधिवेशनमा अध्यक्ष पदमा भण्डारीसँग पराजित हुनुभएको थियो । जबेगू फालेलुङ–१ का स्थायी बासिन्दा हुनुहुन्छ । सचिव चयन हुनुभएका होमबहादुर जबेगू नेकपा विभाजनअघि पनि सचिव रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्