बञ्चरो प्रहार गरी श्रीमतीको हत्या



तेह्रथुम, २५ माघ । तेह्रथुमको लालिगुराँस नगरपालिकामा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

लालिगुराँस–३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बूले आज बिहान ११ बजे घरायशी बादबिबादमा आफ्नै श्रीमती ४७ बर्षीया मइतरानी लिम्बूको बन्चरोले प्रहार गरी हत्या गरेका हुन् ।

घटनाको खवर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले आरोपित लिम्बूलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्