ग्यासको आउडल्याडमा डुबेर नाबालिकाको मृत्यु



झापा, २५ माघ । झापा अर्जुनधारा–४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ ।

आज बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा डुबेर उनको मृत्यु भएको हो । मृतकका आफन्तले घटनाबारे प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटिई कानूनी प्रकृया अगाडि बढाइएको उक्त जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्