तस्वीरमा हिलिहाङ दरबार क्षेत्र



पाँचथर । तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङको दरबारको भग्नावशेष पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ मा रहेको छ ।

हेर्नुहोस् तस्वीरहरु –

शताब्दी पुरानो इटा

हिलिहाङ गाउँपालिकामा रहेको हिलिहाङ दरबारको भग्नावशेषमा रहेका सयौँ वर्ष पुरानो इटा । स्थानीय जानकारका अनुसार वि.सं. १८०० को आसपासमा तिब्बतबाट यी इटा ल्याई दरबार निर्माण गरिएको विश्वास गरिन्छ । वि.सं. १८४४ मा राजा हिलिहाङको निधनपछि दरबार क्षेत्र भग्नावशेषमा परिणत भएको हो । दरबार क्षेत्रलाई पुरातत्व विभागले पुरातात्विक सम्पदाको रुपमा सूचिकृत गरेको छ ।

संरक्षण पर्खदै दरबार क्षेत्र

हिलिहाङ गाउँपालिका–४ मा रहेको हिलिहाङ दरबारको भग्नावशेष । तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङले वि.सं. १८४४ सम्म शासन गरेको दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ । यो स्थानमा पुरातत्व विभागले पुरातात्विक सम्पदाको रुपमा सूचिकृत गरेको छ ।

प्राचिन पर्खाल

पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्र । यहाँ लगाइएको ढुङ्गाको पर्खाल करीब २७० वर्ष पुरानो रहेको स्थानीय जानकार वताउँछन् । दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ ।

पूर्वाधार विकासमा जुट्दै स्थानीयवासी एवं सरोकारवाला

पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको हिलिहाङ दरबार क्षेत्र जाने प्रवेशद्वार निर्माणका लागि दक्षिण कोरियामा सङ्कलित रु. ३ लाख ५० हजार रकम निर्माण कार्यका अगुवा सूर्य योङहाङलाई प्रवेशद्वार निर्माणस्थलमै हस्तान्तरण गर्नुहुदै योङहाङ कुलबंश प्रतिष्ठान पाँचथरका अध्यक्ष टेकराज योङहाङ । प्रवेशद्वार निर्माणका लागि स्थानीयवासीको सक्रियतामा रु. १९ लाख रकम सङ्कलन भएको छ ।

राजा हिलिहाङको शालिक

हिलिहाङ दरबारको भग्नावशेष अगाडि हिलिहाङ फाउण्डेसनद्वारा स्थापित हिलिहाङको शालिक । लिम्बुवानका अन्तिम राजा हिलिहाङ निकै शाहसी र पराक्रमी रहेको तथा नेपाल एकीकरणका क्रममा गोरखा र याङवरक थुमका राजा हिलिहाङका सेनावीच १७ पटक युद्ध हुँदा समेत हार–जित नभएपछि सम्झौता भएको इतिहास छ । राजा हिलिहाङसँग करीब ५०० सैन्य शक्ति रहेको इतिहासका जानकारहरु वताउँछन् ।

प्रतिक्रिया दिनुहोस्