संघीय मञ्चको पाचौँ जिल्ला अधिवेशन फागुन १४ देखि



फिदिम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च पाँचथरको पाचौँ जिल्ला अधिवेशन आगामी फागुन १४ गतेदेखि फिदिममा हुने भएको छ ।

मञ्चको पुस २९ र माघ १ गते बसेको जिल्ला बैठकले फागुन १४ गतदेखि अधिवेशन गर्ने निर्णय गरेको हो । मञ्चका अध्यक्ष कुमार लिङ्देन सहित केन्द्रीय नेताहरुको उपस्थितिमा हुने अधिवेशनमा जिल्लाका प्रत्येक स्थानीय तहहरुबाट पाँच जना प्रतिनिधि र तीन जना पर्यवेक्षक तथा सबै वडाहरुबाट दुई जना प्रतिनिधि र एक जना पर्यवेक्षक सहभागी हुने मञ्चका कार्यवाहक जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बेले जानकारी दिनुभयो ।

गत वर्षको चैतमा तय भएको अधिवेशन कोभिड–१९ को महामारी तथा लकडाउनका कारण स्थगित भएको थियो । अधिवेशन सम्पन्न गर्न विभिन्न विभागहरु गठन गरिनुका साथै अधिवेशनमा साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिने मञ्चले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा विघटनबाट लामो संघर्षबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा बढेको तथा मुलुकमा अस्थिरता र अराजकता बढेको मञ्चले निश्कर्ष निकालेको मञ्चका महासचिव संगम खनालले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्