निर्वाचनको तयारीमा जुट्न आह्वान



पाँचथर, २ माघ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

उक्त पार्टीले शुक्रवार फिदिममा आयोजना गरेको वृहत कार्यकर्ता भेलामा नेताहरुले निर्वाचनको विकल्प नरहेकाले निर्वाचनमा जुट्न आह्वान गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले ताजा जनादेशबाट मुलुकलाई निकास दिनुको विकल्प नरहेको वताउनुभयो ।

“नेकपाकै बहुमत रहेपनि सरकारले काम गर्न नसक्ने स्थिति निर्माण गरिएपछि दुई वर्ष किन खेर फाल्ने भनेर ताजा जनादेश लिने सरकारले निर्णय लिएको हो”, मन्त्री नेम्वाङले भन्नुभयो, “सर्वोच्च अदालतले स्टेअर्डर जारी नगरेपछि निर्वाचन हुने निश्चित भयो, अब तयारीमा लागौँ ।”

वर्तमान सरकारकै कारण सधैँ खर र फुसको छानोमा वस्न विपन्न नागरिकले जस्तापाता पाएको, सबै नागरिकलाई स्वास्थ्य, विद्युत, खानेपानी, सडक सहितका पूर्वाधारको पहुँचमा पु¥याउने, राष्ट्रियतालाई बलियो बनाउने कार्यमा सफल रहेकाले यीनै उपलब्धि लिएर जनतामा जान उहाँले पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । “वर्षौँ–वर्ष हुन नसकेका काम यो सरकारले गरेको छ”, नेम्वाङले भन्नुभयो, “यीनै कुरा लिएर जनतामा जानुपर्छ ।”

नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले हत्या हिंसाका काममा सम्लग्नदेखि जातीवादी र राजावादीसँग साँठगाँठ गर्ने कोही पनि कम्युनिष्ट हुन नसक्ने भन्दै नेकपाको प्रचण्ड–माधव नेपाल समूहको आलोचना गर्नुभयो ।

उहाँले सरकारले गरेका कामहरु नै जनतामा पु¥याउन सके प¥याप्त हुने वताउनुभयो । घिमिरेले पूर्वसमूहका आधारमा कसैलाई विभेद् नगरिने भन्दै उपयुक्त जिम्मेवारी दिई पार्टी संगठनलाई बलियो र चलायमान बनाउन आव्हान गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले ताजा जनादेश लिन जनतामा जाने कुरालाई अस्वीकार गर्नु लोकतान्त्रिक चरित्र नभएको वताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धि, नागरिकको सुखसुविधा तथा राष्ट्रियताको सम्वद्र्धनका लागि जनतालाई बुझाउनुपर्ने समय आएको वताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकुमार भण्डारीले नयाँ जोशसहित पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा समेत विभाजनका दुःखद् घटनाहरुपछि विजय प्राप्त गरेको उहाँले स्मरण गर्नुभयो ।

“०५४ मा एमालेबाट माले बन्यो, तर यहाँ (पाँचथरमा) दुवै क्षेत्रमा हामीले विजय प्राप्त ग¥र्यौँ”, भण्डारीले भन्नुभयो, “०६९ मा अशोक राई समूह टुक्रियो तर चुनाव जित्यौँ ।” कार्यकर्ताहरुलाई धम्क्याउने काम भइरहेको वताउँदै उहाँले धम्कीले राजनीति नचल्ने वताउनुभयो । कानूनी विभाजनअघि पाँचथरमा प्रधानमन्त्री ओली पक्षले वृहत कार्यकर्ता भेला आयोजना गरेको हो ।

भेलामा जनप्रतिनिधिहरु, माधवकुमार नेपाल पक्षका भनिएका कतिपय नेता कार्यकर्ताहरु तथा माओवादी पृष्ठभूमिका कार्यकर्ताहरु समेत सहभागी भएका छन् । प्रचण्ड–माधवकुमार नेपाल पक्षले समेत चाँडै कार्यकर्ता भेला आयोजना गर्ने तयारी गरेको भएपनि प्रकाशमा ल्याइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्