भोकले बताउँछ स्वास्थ्य समस्या !



भोक सबैलाई लाग्छ । भोक लाग्नु स्वभाविकै हो । भोकले शरीरलाई उर्जाको आवश्यकता भएको संकेत दिन्छ । यद्यपी, भोकका पनि विभिन्न प्रकार हुन्छन् ।

एउटा भोक यस्तो हुन्छ, जसले कुनै पनि खानेकुरा खान प्रेरित गर्छ । त्यस्तै, अर्को भोक यस्तो हुन्छ, जसले एउटा निश्चित स्वाद चाख्नको लागि मात्र शरीरलाई प्रेरित गर्ने गर्छ । र, उक्त स्वाद चाखेपछि मात्र जिब्रोले सन्तुष्टि प्राप्त गर्छ । सामान्यतयाः भोकले नै तपाईको स्वास्थ्य अवस्था पनि बताइरहेको हुन्छ ।

१. यदी तपाइलाई हरेक पटक भोक लाग्दा एकै किसिमको परिकार खान मनलाग्छ भने तपाईको शरीरमा पोषणतत्वको कमी भएको हुनसक्छ ।

२. यदी तपाइलाई एकदमै भोक लाग्छ र भोकको साथै टाउको दुख्न थाल्छ भने त्यो माइग्रेनको पहिलो संकेत हुनसक्छ । यस परिस्थितिमा मानिसलाई चकलेट खान मन लाग्छ ।

३. यदी तपाइलाई भोकको सट्टा ज्यादा प्यास लाग्छ भने रगतमा चिनीको गडबडीका कारण पनि हुनसक्छ । यस्तो समस्या भएमा बारम्बार पिसाब लाग्न सक्छ ।

४. बारम्बार चिप्स खान मनलाग्नु वा तारेको खानेकुरा खान मनलाग्नु डिहाईड्रेसनको लक्षण हुनसक्छ । शरीरमा खनिज पदार्थ तथा इलेक्ट्रोलाइटको सन्तुलन विग्रदा यो स्थिति आउने गर्छ । यसले गर्दा निद्रा पनि पूरा लाग्दैन ।

५. गर्मी होस् वा जाडो, जुनसुकै मौसममा पनि वरफ वा आइसक्रिम खान मनपर्छ भने शरीरमा आइरनको कमी भएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्