सवारी दुर्घटनामा तीन जनाको मृत्यु



फिदिम । प्रदेश नं. १ का झापा र मोरङ जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ झिलमिले पुल नजिकै शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक झापा अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

यसैगरी झापाकै शिवसताक्षी नगरपालिका–१ धरमपुरमा शनिवार राती पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–११ का ३७ बर्षीय छबिरमण ढकालको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै शनिवार दिउँसो साँढे २ बजे मोरङको उर्लावारी नगरपालिका–८ मा को २० प ९७२७ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय दिपिका ओझाको ७ बर्षीया छोरी अजिति ओझालाई ठक्कर दिँदा घाइते भएकी बालिकाको गोदावरी अस्पताल उर्लावारीमा उपचारको क्रमम मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्