अमेरिकाबाट फिदिम–५ का दृष्टिविहीन र अशक्तलाई सहयोग



पाँचथर । हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आउनुभएका तत्कालीन माओवादीका नेता लक्ष्मीप्रसाद न्यौपाने ‘प्रकाश’ले पाँचथरको फिदिम नगरपालिका–५ का दृष्टिविहीन र अशक्तहरुलाई सहयोग गर्नुभएको छ ।

जनयुद्धका शहीदहरुको सम्झनामा न्यौपानेले फिदिम–५ चोकमागूका दृष्टिविहीन पृथीराज तुम्बापोको छ जनाको परिवार तथा शारीरिक अपाङ्गता भएकी सोही स्थानकी सजिना तुम्बापोलाई न्यानो कपडा तथा बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो ।

चिसो बढिरहेको समयमा शारीरिक रुपमा अशक्त तथा विपन्न परिवारलाई समस्या नहोस् भन्ने उद्देश्यसहित न्यौपानेको आर्थिक लगानी तथा जनसेवा समाज पाँचथरको संयोजनमा न्यानो कपडा वितरण गरिएको हो ।

न्यौपानेले चाडैँ आर्थिक रुपले विपन्न तथा शारीरिक अशक्तता भएका परिवारहरुलाई समेत आर्थिक सहयोग गर्ने तयारी गर्नुभएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीको भनाई छ । फिदिम–११ का स्थायी बासिन्दा न्यौपाने विगत केही वर्षयता अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्