श्रीमतीको हत्या गर्ने उभरकोटी झुण्डिएको अवस्थामा मृत फेला



पाँचथर । आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक ब्यक्ति झुण्डिएरको अवस्थामा मृत फेला परेका छन् ।

पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करीब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुष ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेपश्चात फरार रहेका उनी आज गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पात्ले (कटुस)को रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयले शव देखेपछि प्रहरीमा खवर गरेका थिए । शव गन्हाउने भएकाले करीब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । शवलाई फिदिम स्थित पाँचथर जिल्ला अस्पतालमा पोष्टमार्टम (शव परीक्षण) गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

गत पुष ९ गते मध्यरात धनबहादुरले टाउकोमा बन्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्