ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते



पाँचथर, १४ पुस

पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

फालेलुङ गाउँपालिका–२ एकतीनबाट झापाको विर्तामोडतर्फ जाँदै गरेको मे १ ज २४७७ नम्बरको ट्याक्सी आज दिउँसो करीब १ बजे लालीखर्कमा सडकबाट झरेर दुर्घटना भएको हो । दुर्घटनामा फालेलुङ–२ का सुविन अधिकारी, सुविक्षा पौडेल, सुजाता पौडेल, रवीन अधिकारी र कविता चापागाईँ तथा झापाको विर्तामोडमा रामचन्द्र उप्रेती, उर्लाबारी मोरङका सागरचन्द्र सापकोटा र गोमादेवी सापकोटा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि झापाको विर्तामोड पठाइएको छ । बाँकी सात जनाको फिदिम स्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेका छैन् । तर सडकमा शीत परेर चिप्लो हुने हुनाले सोहीकारण दुर्घटना भएको अनुमान गरिएको छ । (तस्वीरः सन्तोष श्रेष्ठबाट)

प्रतिक्रिया दिनुहोस्