

फिदिम । आफू आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पनि आफ्नै भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच लडाईं सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड(नेपाल पक्षबीच चुनाव चिन्हको लडाई सुरु भएको हो।
आफ्नो पक्ष आधिकारिक नेकपा भएको र सूर्य चुनाव चिन्ह पनि आफूले नै पाउनुपर्ने दाबीसहित बुधबार बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रचण्ड(नेपाल समूह निर्वाचन आयोग पुगेको छ। यसअघि नै ओली पक्ष पनि सोही दाबी गर्दै आयोगमा पुगेको थियो।
प्रचण्ड नेपाल पक्षबाट निर्वाचन आयोग जानेमा मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र लिलामणि पोखेरल छन्। मंगलबार ओली पक्षले केन्द्रीय समितिका सदस्य र लगायतका आवश्यक प्रमाण लिएर निर्वाचन आयोग पुगेको थियो।