आगलागीबाट १३ लाख बराबरको क्षति



पाँचथर, २३ मङ्सिर

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुन समेत जल्दा करीब १३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागी फिदिम नगरपालिकाका दुई वटा बारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासी लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।
(तस्वीर सौजन्यः जिल्ला प्रहरी कार्यालय पाँचथर ।)

प्रतिक्रिया दिनुहोस्