बलात्कार आरोपी छ वर्षपछि पक्राउ



पाँचथर, २० मङ्सिर

पाँचथर प्रहरीले एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका जिल्लाको मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले विहीवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गते जिल्लाको मिक्लाजुङ गाउँपालिका–२ कि १४ वर्षीया बालिकाको बलात्कार गरी फरार थिए । उक्त अभियोगमा शेर्मालाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

गाउँमै लुकिछिपी बसेको अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शेर्मालाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्