प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ र इलाम आउँदै



फिदिम । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार इलाम र ताप्लेजुङ आउने कार्यक्रम तय भएको छ ।

पटक–पटक स्थगित भएको यी जिल्लाको भ्रमण सोमवारलाई भने यकिन भएको प्रधानमन्त्री ताप्लेजुङ र इलाम जान लागेको उनका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले ताप्लेजुङ र इलामका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम छ। सीमा क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री ओली हेलिकप्टरमा गएर सोमबार नै काठमाडौं फर्कनु हुनेछ ।

गत फागुन २२ गते मिर्गौला प्रत्यारोपण गरिएपछि उहाँ दोस्रो पटक काठमाडौंबाहिर जान निस्कन लाग्नुभएको हो । यसअघि कात्तिक २६ गते प्रधानमन्त्री ओली संखुवासभा आउनुभएको थियो । गत मंसिर ५ गते उहाँ ताप्लेजुङ आउने कार्यक्रम तय भए पनि स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्