जनताको सहभागिता र सरकारको दृढताबाट मात्रै समृद्धि प्राप्त हुन्छः मन्त्री नेम्वाङ



पाँचथर, ०६ मङ्सिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जनताको सहभागिता र सरकारको दृढताले मात्रै समृद्धि सम्भव हुने वताउनुभएको छ ।

पाँचथरको तुम्बेवा गाउँपालिका वडा नं. १ ढुकुरेमा हिजो विद्युत सवस्टेशन शिलान्यास गर्दै मन्त्री नेम्वाङले विकट ठाउँ भए पनि तुम्बेवा गाउँपालिकामा विद्युतिकरण र लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढ्नुले समृद्धिका लागि जनसहभागिता र सरकारी दृढता एवं इच्छाशक्ति आवश्यक छ भन्ने पुष्टि भएको वताउनुभयो ।

विशेष महत्वका सडक, खानेपानी तथा विद्युतिकरणका काममा सरकारको लगानीका अतिरिक्त जनताको सहयोग जुटेको वताउँदै मन्त्री नेम्वाङले सरकार र नागरिक जुटेर मुलुकको अवस्था बदल्न सधैँ दृढताका साथ लाग्नुपर्ने वताउनुभयो ।

वर्तमान सरकारको तेश्रो वर्षको नीति तथा कार्यक्रमले जनतालाई सहज सडक पहुँच, विद्युत, खानेपानी लगायतको सुविधा पु¥याउने कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखिएको मन्त्री नेम्वाङको भनाई छ । “सबै ठाउँ विद्युत विस्तार, खानेपानीको ब्यवस्था, फुसका छाना विस्थापन, सबै ग्रामीण सडक मर्मतका कार्यक्रमलाई सरकारले अगाडि बढाएको अवस्था छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “जनताको आवश्यकताका सबै कामहरु सरकारले क्रमशः अघि बढाउँछ ।”

चालु आर्थिक वर्षमा पाँचथर सहित देशका ४० जिल्लालाई अध्याँरोमुक्त बनाउने अभियान द्रूत गतिमा अघि वताउँदै मन्त्री नेम्वाङले भौतिक पूर्वाधारमा मुख्य कामहरु केही वर्षमा सम्पन्न गरिने वताउनुभयो । फरक प्रसङ्गमा मन्त्री नेम्वाङले जनअपेक्षाअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अघि बढ्नुपर्ने वताउनुभयो ।

विकट मानिएको तुम्बेवा गाउँपालिकामा सवस्टेशन निर्माणको सुरुआत गर्न पाउनु आफ्ना लागि खुशीको कुरा रहेको वताउँदै मन्त्री नेम्वाङले सवस्टेशन निर्माण समयमै सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो । यहाँ निर्माण हुने सवस्टेशनले पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिका सहित तेह्रथुम र धनकुटाका पूर्वी भेगमा विद्युत विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

तुम्बेवा गाउँपालिका वडा नं. १ ढुकुरेमा ६÷८ एमभीए क्षमताको सवस्टेशन निर्माणका हुन लागेको हो । नेपाल विद्युत प्राधिकरणको ग्रामीण विद्युतिकरण कार्यक्रम अन्तर्गत उक्त सवस्टेशनका लागि कूल रु. १७ करोड ८५ लाख १२ हजार ७४३ लागत रहेकामा वाइबा इन्फ्राटेक प्रा.लि. काठमाण्डौँले रु. १६ करोड १७ लाख ५७ हजार ५८० लागतमा उक्त निर्माण कार्यको ठेक्का पाएको छ । २०७६ जेठ ६ गते निर्माण सम्झौता भएपनि आज उक्त सबस्टेशनको शिलान्यास गरिएको हो ।

वस्टेशनसम्म ३६.७४ किलोमिटर ३३ केभी विद्युत प्रशारण लाइन विस्तार गरिनेछ ।
नेपाल विद्युत प्राधिकरणका इन्जिनियर विधान पोखरेलका अनुसार फिदिम नगरपालिका—४ थापाटारमा रहेको काबेली कोरिडोरको सवस्टेशनबाट तुम्बेवा सवस्टेशनमा जोडिनेछ । तुम्बेवा आसपासको फिडरमा हुने समस्या सवस्टेशन निर्माणले हल हुने अपेक्षा गरिएको उहाँको भनाई छ । फिदिमको सवस्टेशनबाट तुम्बेवा क्षेत्रका लागि लामो दूरी पर्ने हुँदा सवस्टेशन निर्माण अनिवार्य देखिएकाले निर्माण कार्य केही ढिला भएपनि सुरुआत भएको इन्जिनियर पोखरलेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्