दुर्घटनामा घाइते ट्र्याक्टर चालकको मृत्यु



पाँचथर, ३ कात्तिक

दुर्घटनामा परी घाइते भएका ट्र्याक्टर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

हिँजो साँझ पाँचथरको हिलिहाङ गाउँपालिका–१ मालबाँसे भन्ने स्थानमा भएको दुर्घटनामा घाइते भएका ट्र्याक्टर चालक संखुवासभाको मुढेशनिश्चरेका २४ वर्षीय थलबहादुर गुरुङको उपचारका क्रममा हिँजो साँझ मृत्यु भएको हो ।

हिलिहाङ–१ भालुचौकबाट अरुणभ्याली हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर कावेली नदीतर्फ गइरहेको ट्र्याक्टर हिँजो साँझ दुर्घटना हुँदा चालक गुरुङ गम्भीर घाइते हुनुभएको थियो । चालक गुरुङलाई फिदिम स्थित जिल्ला अस्पताल पाँचथर ल्याई परीक्षण गर्ने क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्र्याक्टरका सहचालक भोजपुरको दिङ्लाका अन्दाजी ३३ वर्षीय आकाश सुनुवारको फिदिम स्थित समर्पित अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्