
फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या एक हजार १७४ जना पुगेको छ।
नेपालमा कोराना सङ्क्रमणबाट आईतबार २१, सोमबार १८ तथा मङ्गलबार २२ जनाले ज्यान गुमाएका थिए। त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या दुई लाख २ हजार ३२९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
आजै एक हजार ६६६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। हालसम्म नेपालमा एक लाख ६२ हजार २४३ जना सङ्क्रमितहरु निको भएका छन् भने ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित रहेका छन्। गत २४ घण्टामा २६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने कुल एक हजार १७४ जनाले ज्यान गुमाएका छन्।
नेपालमा कोरोनामुक्त जिल्ला मनाङ मात्र रहेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही, कैलाली, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।