फिदिमका थप १७ जनामा कोरोना सङ्क्रमण



फिदिम । पाँचथरको फिदिममा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गत २२ गते सङ्कलित फिदिमका ८४ जनाको स्वाब कोशी प्रादेशिक अस्पताल प्रयोगशालामा परीक्षण गर्दा १७ जनामा सङ्क्रमण देखिएको बुझिएको छ । यसवारे प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयमा आधिकारिक तथ्याङ्क अद्यावधिक भने हुन बाँकी छ ।

थपिएका सङ्क्रमितहरुमा ब्यवसायी, स्थानीयवासी, स्वास्थ्यकर्मी, अन्य पेशाकर्मी तथा केही थुनुवा, कैदी र बन्दी समेत छन् । २० वर्षीया युवतीदेखि ७० वर्षीया महिला समेतमा सङ्क्रमण देखिएको पाइएको छ ।

सुरुमा यहाँ समुदायका दुई जनामा सङ्क्रमण देखिएकामा गत साता १४ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमितहरुको कन्ट्र्याक ट्रेसिङमा परेकाहरु तथा अन्यमा गरी उक्त संख्यामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ४१ पुगेको छ । जसमध्ये अधिकांश फिदिमका छन् र उनीहरु सबैलाई होम आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्