
फिदिम । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा २ हजार २ सय ६ सय जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय ५३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । संक्रमितमध्ये १ लाख ५५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् ।