प्रदेश १ मा कात्तिक २३ बाट सार्वजनिक यातायात नचलाउने ब्यवसायीको घोषणा



फिदिम । यातायता ब्यवसायीहरुले प्रदेश नम्बर १ मा आगामी कार्तिक २३ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द गर्ने वताएका छन् ।

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश नं. १ ले इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी दिएको हो । लामो समयको बन्दाबन्दीमा सबै क्षेत्रका ब्यबसायीहरुलाई प्रदेश सरकारले सम्बोधन गरेपनि १ नम्बर प्रदेशका यातायात ब्यबसायीहरुलाई भने बेवास्ता गरेको आरोप यातायात व्यवसायीहरुदे लगाएका छन् ।

इटहरीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, १ नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण यातायात नचलेपछि बैंकको व्याज र कर्मचारीलाई तलव समेत खुवाउन समस्या परेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्