
फिदिम । कोरोना भाइर संक्रमणबाट झापामा ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार ३० हजार ४४१ जनाको स्वाब संककलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिए। सक्रिय संक्रमितको संख्या ८९३ रहेको जनाएको छ।
फोकल पर्सन चौलागाईँका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमित हुने दमक नगरपालिकाका छन्। दमकमा ५५८ जना संक्रमित छन्। २० जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
१५ स्थानीय तह रहेको झापाका भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले जानकारी दिए।