१४ जना सङ्क्रमित थपिएसँगै फिदिममा १५ दिन लकडाउन



पाँचथर, १९ कात्तिक

पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएपछि पन्ध्र दिनका लागि लकडाउन जारी गरिएको छ ।

फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरले छुट्टाछुट्टै सूचना मार्फत आज मध्यरातबाट आगामी मङ्सिर २ गतेसम्मका लागि लकडाउन जारी गरिएको जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकले फिदिम नगरपालिका भित्र अत्यावाश्यक बाहेकका ब्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउने छन् । प्रशासनले अत्यावाश्यक बाहेकका दुई पाङ्ग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ ।

फिदिम नगरपालिकाले भोलिदेखि पन्ध्र दिन उक्त कार्यालयका अत्यावाश्यक बाहेकका सेवा बन्द गर्ने जनाएको छ । नगर प्रमुख ओनाहाङ नेम्वाङले सार्वजनिक सूचना जारी गर्दै सङ्क्रमित तथा कन्ट्र्याक टे«सिङमा परेकाहरुलाई संयमता अपनाई होम आइसोलेसन तथा सरकारी आइसोलेसनमा बस्न आग्रह गर्नुभएको छ ।

फिदिममा ब्यवसायी तथा स्थानीयवासी गरी १४ जनामा आज सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २४ पुगेको छ ।

सूचना हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्