नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्याले एक हजार नाघ्यो



फिदिम । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको हो ।

मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार १ सय ४२ संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्