थप २५०८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्याले एक लाख ७० हजार नाघ्यो



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सङ्क्रमित मध्ये ९७६ जना महिला र १५३२ जना पुरुष रहेका छन्। योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ७० हजार ७४३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। आजै दुई हजार २६४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा ५६९ जना महिला र ७८८ जना पुरुष गरी थप १३५७ जनामा सङ्क्रमण देखियो। हाल नेपालमा ३८ हजार ५८४ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ९३७ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनामुक्त जिल्लाहरुमा बाजुरा, मनाङ र मुस्ताङ्ग रहेका छन्। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही, कैलाली, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्