गत २४ घण्टामा २३६४ जना कोरोना सङ्क्रमित थपिए, ३०३८ जना डिस्चार्ज



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सङ्क्रमित मध्ये ९८४ जना महिला र १३८० जना पुरुष रहेका छन् । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ६४ हजार ७१८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै तीन हजार ३८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । गत २४ घन्टामा काठमाडौँ उपत्यकामा ७०४ जना महिला र ९११ जना पुरुष गरी थप १६१५ जनामा सङ्क्रमण देखियो । हाल नेपालमा ३८ हजार ९५२ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ९०४ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा कोरोनामुक्त एक मात्र जिल्ला मुस्ताङ्ग रहेको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही, कैलाली, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्