याङवरकमा सुरु भए योजनाका काम

याङवरक गाउँपालिका वडा नं. २ फलैंचामा उपभोक्ता समिति गठन गर्न भेला भएका उपभोक्तामाँझ गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ ।

पाँचथर । याङवरक गाउँपालिकाले विकास योजनाका काम समयमै सम्पन्न गर्ने उद्देश्यसहित योजनाका काम अगाडि बढाएको छ ।

गाउँपालिकाले असोज मसान्तभित्रै उपभोक्ता समिति गठन गरी समितिहरुलाई तालिम समेत दिने योजनाका साथ काम गरिरहेको छ । यस क्रममा गाउँपालिकाका छ वटामध्ये चार वटा वडाका अधिकांश विकास योजनाहरुमा उपभोक्ता समिति गठन भइसकेका छन् । यी चार वटै वडामा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्चालनसम्बन्धी तालिम समेत दिइसकिएको गाउँपालिकाले जनाएको छ । बाँकी दुई वटा वडामा समेत असोज महिनाभित्रै उपभोक्ता समिति गठन सम्पन्न गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

“असोज महिनाभित्रै उपभोक्ता समिति गठन गरी समितिका पदाधिकारीलाई योजना सञ्चालनसम्बन्धी तालिम दिने लक्ष्यअनुसार काम भइरहेको छ”, गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङले भन्नुभयो, “मङ्सिरपछि योजना सम्झौता र कार्यान्वयनको चरणमा जाने तयारी गरेका हौँ ।” विकास योजना सञ्चालनमा उपभोक्ता समिति गठनमै ढिलाई हुने भएपछि गाउँपालिकाले समय नै निर्धारण गरेर उपभोक्ता समिति गठन गर्ने कार्यलाई अगाडि बढाएको हो ।

उपभोक्ता समिति गठन सकिएलगत्तै गाउँपालिकाले योजना सञ्चालनसम्बन्धी तालिम सञ्चालन गर्ने गर्दछ । “दशैंअघि छ वटै वडाका उपभोक्ता समितिलाई योजना सञ्चालनसम्बन्धी तालिम दिइसक्छौँ”, उपाध्यक्ष योङहाङले भन्नुभयो, “अहिले समयमै काम अगाडि बढाउन पाए भोली बर्खामास काम गर्नुपर्ने थिएन् ।” यहाँ चालु आर्थिक वर्षमा करीब ३५० वटा योजना कार्यान्वयन गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

याङवरक गाउँपालिका वडा नं. २ फलैंचामा उपभोक्ता समिति गठन गर्न भेला भएका उपभोक्तामाँझ गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ ।
याङवरक गाउँपालिका वडा नं. २ फलैंचामा उपभोक्ता समिति गठन गर्न भेला भएका उपभोक्तामाँझ गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ ।

तालिमका क्रममा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्चालनसम्बन्धी विषयमा जानकारी दिने गरिएको छ । “योजनाहरुको ब्यवस्थित सञ्चालनका लागि गाउँपालिकाका कर्मचारी तथा प्राविधिकहरुबाट तालिममा सहजिकरण गर्ने गरिएको छ”, गाउँपालिकाको योजना शाखाका प्रमुख दीपेन्द्र बुढाथोकीले भन्नुभयो, “योजना सञ्चालन गर्दा पूरा गर्नुपर्ने प्रकृया, कागजात ब्यवस्थापन लगायत विषयमा जानकारी दिने गरेका छौँ ।”

तालिमले योजना सञ्चालनलाई उपभोक्ताहरुलाई ठूलो लाभ मिलेको आफूहरुको अनुभूति रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यको भनाई छ । “उपभोक्ता नै जानकार हुँदा धेरै धण्झट ब्यहोर्नु पर्दैन् । समयको बचतले योजनाहरुको अनुगमन प्रभावकारी बनाउन सहयोग मिल्ने गरेको छ”, आचार्यले भन्नुभयो ।

याङवरक गाउँपालिका वडा नं. २ फलैंचामा उपभोक्ता समिति गठन गर्न भेला भएका उपभोक्तामाँझ गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ ।
याङवरक गाउँपालिका वडा नं. २ फलैंचामा उपभोक्ता समिति गठन गर्न भेला भएका उपभोक्तामाँझ गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङ ।

प्रतिक्रिया दिनुहोस्