‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’



पाँचथर । पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको संख्या न्यून हुने गरेको पर्यटन ब्यवसायीहरुले वताएका छन् ।

पर्यटकहरुको आकर्षणमा पर्न सक्ने गन्तब्यहरु पूर्वी नेपालमा भएपनि यहाँसम्म पर्यटक ल्याउने माध्यम कमजोर भएको पर्यटन ब्यवसायीहरुले वताएका हुन् । सरकारी र निजी क्षेत्रबाट प्रभावकारी प्रयत्न नहुँदा यहाँ पर्यटकका लागि उपयुक्त पूर्वाधार बन्न नसकेको तथा भएका गन्तब्यहरुको समेत प्रचार हुन नसकेको ब्यवसायीहरुको ठम्याई छ । पर्यटन विकासमार्फत विकास र समृद्धि हासिल गर्ने कुरा ब्यवसायीहरुको मात्रै चिन्ताको विषय बन्ने गरेको उनीहरुको गुनासो छ ।

हालै पाँचथरको फिदिम स्थित पौवाभञ्ज्याङमा भेला भएका पाँचथर, इलाम र झापाका पर्यटन ब्यवसायीहरुले प्रचार र पूर्वाधारको अभाव रहेको ठह¥याउँदै पूर्वी नेपालको पर्यटन विकासका लागि ब्यवस्थित पूर्वाधार निर्माण र प्रचार—प्रसारमा जोड दिने निश्कर्ष निकालेको हो । साविक मेची अञ्चलका पर्यटन ब्यवसायीहरुलाई संगठित गर्दै आएको मेची पर्यटन कोरिडोरका अध्यक्ष रमेश दंगालले भन्नुभयो “भारतका पर्यटकहरु नेपाल भन्नेवित्तिकै काठमाण्डौँ, पोखरा र चितवन बुझ्छन्, तर त्यत्तिकै आकर्षक पूर्वका गन्तब्यबारे उनीहरुलाई थाहा हुदैन् ।”

ब्यवसायी दंगाल पूर्वमा पर्यटन विकासमा सरकारी र निजी क्षेत्र एकदमै पछि रहेको वताउनुहुन्छ । “सरकारी लगानी त छैन् नै, आएका पर्यटकको सेवा दिने ब्यक्ति तथा संस्थाहरु समेत अत्यन्तै कम छन्”, दंगालले थप्नुभयो, “प्रचार—प्रसार र पूर्वाधार विकासमा सबैले साझेदारी गर्नुपर्छ ।”

पर्यटन ब्यवसायी नेत्र कार्की आन्तरिक पर्यटन प्रवद्र्धन हुन नसकेको वताउहुन्छ । “आन्तरिक पर्यटन प्रवद्र्धनले मात्रै वाह्य पर्यटक ल्याउने र प्रचार—प्रसारलाई ब्यवस्थित गर्न मद्दत गर्छ”, कार्कीले भन्नुभयो, “पश्चिमका पर्यटक पूर्वमा घुम्न आउँदैनन् । बरु सिक्किम दार्जिलिङ पुग्छन् ।” निश्चित पर्यटकीय गन्तब्यहरुलाई ब्यापक प्रचार र प्रवद्र्धन गरी पूर्वमा रहेका अन्य गन्तब्यहरुको पनि विकास गर्नुपर्नेमा कार्कीको जोड छ । “हामी भएजति सबै ठाउँलाई विकास गर्न लाग्दा कुनै पनि गन्तब्य अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुन सकेनन्”, कार्कीले भन्नुभयो, “त्यसैले पूर्वलाई चिनाउन लागौँ ।”

होटल ब्यवसायी देवीप्रसाद पौडेल घरबासको प्रवद्र्धन, ग्रामीण, धार्मिक र कृषि पर्यटनमा जोड दिनुपर्ने वताउनुहुन्छ । ब्यवसायीहरु पर्यटकहरुको स्वागत तथा सत्कार गर्न, उपयुक्त सेवा दिन तथा उपयुक्त वातावरण बनाउन पूर्वको समाज तयार भइनसकेको वताउँछन् । विशेषत विदेशी पर्यटकले घुम्ने उपयुक्त वातावरण नपाउने गरेकाले पपर्यटन विकासले अपेक्षित गति नलिएको उनीहरुका साझा धारणा छ । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरलाल चिपालु पर्यटनले देशको विकास र स्थानीयको आम्दानी वृद्धिमा सघाउँछ भन्ने चेत नै भर्खर मात्रै खुलेको वताउहुन्छ । अहिले पर्यटन विकासमा देखिएको तदारुकता आगामी दिनमा समेत निरन्तर रहनुपर्ने उहाँको भनाई छ ।

प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबे संघीय संरचनाले पर्यटन विकासलाई द्रूत गतिमा अघि बढाउन सघाउ पु¥याएको वताउनुहुन्छ । “हिजो संघ सरकारले मात्रै आखा पु¥याउन नसक्दा पूर्वका पर्यटकीय गन्तब्य पछि परेकै हुन्”, सभापति थेबेले भन्नुभयो, “अहिले प्रदेश र स्थानीय सरकारले समेत प्रशस्त लगानी गरी पर्यटकीय गतिविधि वृद्धि गरेका छन् । यसमा संघ सरकारले समेत सघाउ पु¥याउने अवसर पाएको छ ।” उहाँले कृषि, ग्रामीण र धार्मिक पर्यटन प्रवद्र्धन, घरबासको विकास एवम् पर्यटकीय वातावरण निर्माणमा लाग्न सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्