राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीद्वारा टीका ग्रहण



फिदिम । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट«पति विद्यादेवी भण्डारीको हातबाट विजया दशमीको टीका ग्रहण गर्नुभएको छ । शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले टीका र जमराको माला लगाइदिनुभएको छ । सोही क्रममा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट दशैँको टीका र जमराको माला ग्रहण गर्नुभएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिनुभएको छ । प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएको र कोभिड–१९ सङ्क्रमणको महामारीका कारण उहाँ काठमाण्डौँ नजानुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्