झापामा एकैदिन १५१ जनामा संक्रमण पुष्टि



झापा । झापामा आज अहिलेसम्मकै सर्वाधिक १५१ जनामा संक्रमण पुष्टि भएको छ ।

दमकका ६६ जनासहित १५१ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि भएकामध्ये ५५ महिला र ९६ जना पुरुष छन् ।

आज संक्रमितमध्ये सबैभन्दा बढी दमकका २५ महिला र ४१ पुरुष छन् । बिर्तामोडमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २० महिला र २२ पुरुष छन् ।

यस्तै, गौरादहमा ११ जनामा संक्रमण पुष्टि भएको छ । ३ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, गौरीगञ्जका ९ जना पुरुष, मेचीनगरका ६ पुरुष, १ महिला, कमलका ३ महिला र २ पुरुष, कनकाईमा २ महिला र २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, शिवसताक्षीमा २ पुरुष र हल्दिबारीमा ३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या १७४५ पुगेको छ । जसमा १०९० जना कोरोना निको भएर घर फर्किएका छन् । झापामा सक्रिय संक्रमितको संख्या ६३१ जना रहँदा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । आजमात्र दमककी एक बृद्धको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्