गत २४ घण्टामा थप २८५६ जनामा कोरोना सङ्क्रमण, ३३३६ जना डिस्चार्ज



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ८५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ५८ हजार ८९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

आजै तीन हजार ३३६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। हाल नेपालमा ४५ हजार ५७२ जना सक्रिय सङ्क्रमित रहेका छन् भने एक लाख ११ हजार ६७० जना निको भएका छन्। कोरोना भाइरसको संक्रमणबाट कुल ८४७ जनाले ज्यान गुमाएका छन्।

नेपालमा कोरोनामुक्त एक मात्र जिल्ला मुस्ताङ्ग रहेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सुर्खेत, नवलपरासी ९पुर्व०, कास्की, दाङ, बाँके, कैलाली, रुपन्देही, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्