१३ हजार ८ सय पीसीआर परीक्षणमा ३ हजार ९३ जनामा कोरोना पुष्टि



फिदिम । नेपालमा कन्ट्रयाक ट्रेसिङमा परेका उल्लेख्य मानिसमा कोरोना पोजेटिभ देखिन थालेको छ । आज १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएकामा ३ हजार ९३ जनामा सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका हुन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

थपिएका सङ्क्रमित आधा भन्दा बढी काठमाण्डौँ उपत्यकाका छन् । आज काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या पनि ४२ हजार नजिक पुगेको छ । आज सक्रिय सङ्क्रमितको संख्या ४१ हजार ७७५ छ ।

संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् ।

नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिँदा हालसम्म गरिएको परीक्षणको संख्या १३ लाख १४ हजार ७ सय ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्