भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना सङ्क्रमण



पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण भएको छ ।

मन्त्री नेम्वाङको आज गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । मन्त्री नेम्वाङले सामाजिक सञ्जाल मार्फत आफूमा कोभिड–१९ पोजेटिभ देखिएको जानकारी दिँदै सम्पर्क रहेका ब्यक्तिहरुलाई स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको छ ।

उहाँको सचिवालयका गणेश योङहाङका अनुशार मन्त्री नेम्वाङको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मन्त्री नेम्वाङ पछिल्ला केही सातादेखि राजधानी काठमाण्डौँमै रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्