कोरोना संक्रमणबाट इलाममा एक जनाको मृत्यु, पाँच जना सङ्क्रमित थपिए



इलाम। कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको इलामको यो पहिलो घटना हो ।

मृगौला सम्बन्धी विरामी भई नोवेल अस्पतालमा उपचारत सुर्योदय नगरपालिकाका वडा नंं ८ की ८ वर्षीया बालिकाको चार दिनअघि कोरोना पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा शुक्रबार राती साढे ११ बजे बालकको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाइएको छ ।

यसरी नै स्वास्थ्य कार्यालयले स्वाब परीक्षणमा पठाएको मध्ये पाँच जनाको पीसीआर रिर्पोट पोजेटिभ आएको छ । ३१ जनाको पीसीआर टेष्टको रिर्पोट आएकामा पाँच जनाको पोजेटिभ आएको, १४ जनाको रिर्पोट आउन बाँकी र २८ जनाको नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

५७ वर्षीय पुरुष, २९ वर्षीय पुरुष, २० वर्षीय पुरुष, ५१ वर्षीय पुरुष र १६ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । स्वास्थ्य कार्यालयका कर्मचारीका आफन्त, एक्सेल डेभलपमेन्टका कर्मचारी र स्थानीय एक जनामा पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्