

फिदिम । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोराना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ६९४ पुगेको छ।
नेपालमा कोराना सङ्क्रमणबाट आईतबार २२, सोमबार ९, मङ्गलबार १८ तथा बुधबार १२ जनाले ज्यान गुमाएका थिए । काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, दाङ्ग, बाँके, रुपन्देही, मकवानपुर, सुनसरी र मोरङमा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ८४ हजार ५१८ जना निको भएका छन् भने ६९४ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप तीन हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख २१ हजार ७४५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयका प्रवक्ता प्रा।डा गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा ९९६, भक्तपुरमा १०२, तथा ललितपुरका ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। आजै तीन हजार ५६४ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा ३६ हजार ५३३ जना सक्रिय सङ्क्रमित रहेका छन्।