एकैदिन थपिए ३७४९ कोरोना सङ्क्रमित, ३५६४ जना ‘डिस्चार्ज’



फिदिम । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप तीन हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख २१ हजार ७४५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा तीन हजार ७४९ जनामा सङ्क्रमण भेटिएको बताए । आजै तीन हजार ५६४ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा ३६ हजार ५३३ जना सक्रिय सङ्क्रमित रहेका छन्।

काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, दाङ्ग, बाँके, रुपन्देही, मकवानपुर, सुनसरी र मोरङमा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ८४ हजार ५१८ जना निको भएका छन् भने ६९४ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्