मन्त्री नेम्वाङद्वारा रेल विभागको निरीक्षण



काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले रेल विभागको निरीक्षण गर्नुका साथै व्रिफिङ लिनु भएको छ । शुक्रबार मध्यान्ह रेल विभाग विशालनगर पुगेर विभागको कामकारवाही सम्बन्धि व्रिफिङ लिनुभएको हो ।

उहाँले पूर्वपश्चिम विद्युतिय रेलमार्गको काकाडिभिट्टा–इनरुवा खण्ड, इनरुवा–बर्दिवास खण्ड र बर्दिवास निजगड–खण्डको ट्रयाकबेडबारे जानकारी लिनुभयो । रेल विभागका अधिकारीहरुले मेट्रोरेल निर्माण कार्यको प्रगति मन्त्री नेम्वाङलाई जानकारी गराउनु भएको थियो ।

निरीक्षणका क्रममा मन्त्री नेम्वाङसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सहसचिव देवीप्रसाद ज्ञवाली लगायत मन्त्रालयका उच्च अधिकारीहरू विभाग पुग्नु भएको थियो । रेल विभागको पछिल्लो गतिविधिबारे विभागकी महानिर्देशक प्रमिलादेवी बज्रचार्यले जानकारी गराउनुभएको थियो ।

निरीक्षणका क्रममा मन्त्री नेम्वाङले रेलमार्ग निर्माणलाई द्रूत गतिमा अगाडि बढाई रेल्वे सेवा सञ्चालनमा ल्याउन सम्बन्धीत सरकारी निकायले विशेष महत्वका साथ काम गर्नुपर्ने वताउनुभयो । रेल्वे सेवा अब सपना नभई यथार्थ भइसकेकाले यसलाई ब्यापक विस्तारमा लाग्न सबै निकायले निर्धारित लक्ष्यहरु पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्