बिर्तामोडका ट्राफिक प्रहरीसहित आज झापामा २९ जना संक्रमित थपिए



झापा । पछिल्लो २४ घण्टामा झापामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४ महिला र २५ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुरमा एक महिलासहित १३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि बिर्तामोडमा ६ जना, मेचीनगरमा ५ जना, अर्जुनधारामा २ जना, कमल, गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकामा १ १ जनामा संक्रमण पुष्टि भएको छ ।

२५ वर्षदेखि ५९ वर्ष उमेर समूहका भद्रपुरका संक्रमितमध्ये २ जना स्वास्थ्यकर्मी, एक जना बैंकर पनि छन् । त्यस्तै, बिर्तामोडका संक्रमितमा चार जना ट्राफिक प्रहरी र दुई जना बैंकर पनि छन् । उनीहरुको उमेर समूह २७ देखि ४७ वर्षका छन् ।

त्यस्तै, मेचीनगरमा ३ महिलासहित ५ जना संक्रमित भएका छन् । जसमा एक जना बैंकका कर्मचारी छन् भने बाँकी स्थानीय बासिन्दा रहेका छन् । उनीहरुको उमेर समूह १० वर्षदेखि ७० वर्षसम्मका छन् ।

त्यस्तै, अर्जुनधाराका २ जना पुरुष छन् । वडा नम्बर ६ र ११ का उनीहरुको उमेर २४ र ५२ वर्ष रहेको छ । त्यस्तै, कमलका ४१ वर्षीय पुरुष, गौरीगञ्जका २३ वर्षीय पुरुष र गौरादहका ३४ वर्षका पुरुष रहेका छन् ।

झापामा हालसम्म संक्रमितको संख्या एक हजार ३२ जना पुगेको छ । जसमा ८४८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । १७२ जना सक्रिय संक्रमित हुँदा १२ जनाको निधन भइसकेको छ । गएराति दमकका एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको हो । (न्यूजसञ्जाल डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्